विदेशी मुद्राको विनिमयदर

images
  • 95
    SHARES
  • फाल्गुण १, २०८१ बिहीबार
    विदेशी मुद्राको विनिमयदर
    images

    काठमाण्डौ –

    आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७२ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ०२ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रूपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ०४ पैसा र बिक्रीदर नौ रूपैयाँ ०८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १९ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०२ पैसा र बिक्री दर ३१ रूपैयाँ १६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ७६ पैसा र बिक्रीदर रूपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३२ पैसा र बिक्री दर १९ रूपैयाँ ४० पैसा तोकिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend