काठमाण्डौ –
सुनको भाउ आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।



