नेकपा एमाले भरतपुर-२ मा वडा केन्द्रीत पार्टी निर्माण अभियान

images
  • 423
    SHARES
  • फाल्गुण २, २०८१ शुक्रबार
    नेकपा एमाले भरतपुर-२ मा वडा केन्द्रीत पार्टी निर्माण अभियान
    images

    देवघाट फाल्गुन २

    नेपाल कम्युनिष्ट पार्टी एमाले भरतपुर-२ ले पार्टी केन्द्रको अपानी ११ र  बागमती प्रदेश कमिटीको अन्तर कमिटी निर्देशन गरे बमोजिम वडा केन्द्रित पार्टी निर्माण अभियान -२०८१ को बुधबार देखि एक भव्य भेलाको बीच शुरुवात  गरेका छन् ।

    सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं निर्वाचन क्षेत्र नं २ का इन्चार्ज  कृष्ण भक्त पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियोे । प्रमुख अतिथिको मन्तव्य राख्दै कृष्ण भक्त पोखरेलले संगठन निर्माणमा सबै लाग्न अनुरोध गर्दै पार्टी प्रति भई रहेको प्रहारलाई सबै मिलेर निस्तेज पार्नु पर्ने बताउनुभयो । उनले एमाले कै कारण नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको र एमाले कै कारण समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकता रहेकोले एकताबद्ध रही आगामी चुनावमा एमालेको एकल बहुमतको सरकार निर्माण गर्न आजै देखि योजनाबद्ध भएर लाग्नु पर्ने कुरामा जोड गर्नुभयो ।

    नेकपा एमाले चितवनका सदस्य एबम वडा इन्चार्ज साथै अभियानको सह-उत्प्रेरक  नवराज ढकालले जिल्लाको सर्कुलरको बारेमा प्रकाश पार्दै  तीन महीने वडा केन्द्रित पार्टी निर्माण अभियान २०८१ मा गर्नु पर्ने कार्यको बारेमा अवगत गराउँदै पार्टी निर्माणमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो । सो कार्यक्रममा धनकुमारी वि.क ले स्वागत मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रम अभियानको सदस्य सचिव बेलपत्र श्रेष्ठको अनुरोधमा पार्टी वडा कमिटीका उप सचिव सुरज सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा पार्टीका केन्द्रिय जनसँगठन पदाधिकारी तथा सदस्य जिल्ला जनसँगठनका अध्यक्ष,पदाधिकारी एबम् सदस्य,महानगर कमिटीका सदस्यहरू,जनप्रतिनिधि,पुराना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। भने उक्त कार्यक्रम उत्प्रेरक पूर्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend