काठमाण्डौ –
पोखरा गोल्डकपको २४ औं संस्करणकाे उपाधिका लागि आज नेपाल पुलिस क्लब र पहिलो पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् ।
खेल पोखरा रङ्गशालामा दिउँसो दुई बजे शुरू हुनेछ । पुलिसले यसअघि ६ पटक उपाधि जितेको छ । यसपाली उपाधि जितेमा उसले सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने छ । सातौं पटक उपाधि जित्नका लागि आफ्नो टोली मानसिक रूपमा तयार रहेको प्रशिक्षक चेतन घिमिरेले बताएका छन् ।
यो प्रतियोगितामा १२ टोली सहभागी थिए । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।



