मर्स्याङदी
लमजुङ जेसिजका पुर्व अध्यक्षद्धय विष्णु उपाध्याय र प्रेमवहादुर गुरुङ नेपाल जेसिजको विभिन्न पदमा मनोनित भएका छन । लमजुङ जेसीज वर्ष २०२३ का अध्यक्ष विष्णु उपाध्याय नेपाल जेसीज वर्ष २०२५ को स्पोन्सरसिप एण्ड पार्टनरसिप कमिटि, एरिया वि कोडिनेटर पदमा मनोनित हुनुभएको छ ।
यसैगरी लमजुङ जेसीज वर्ष २०२२ का अध्यक्ष प्रेमवहादुर गुरुङ नेपाल जेसीज वर्ष २०२५ को नेशनल स्पोर्टस् प्रोग्राम कमिटि, एरिया वि कोडिनेटर पदमा मनोनित हुनुभएको छ ।
विगतमा जेसीसमा रहेर पुर्याउनुभएको योगदान र क्रियाशिलताको उच्च मुल्याकंन गर्दै दुवै जनालाई नेपाल जेसीज वर्ष २०२५ को विभिन्न पदमा मनोनित गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले वताउनुभयो ।



