हमासले आज थप तीन जना इजरायली बन्धकलाई रिहा गर्‍याे

images
  • 140
    SHARES
  • फाल्गुण ३, २०८१ शनिबार
    हमासले आज थप तीन जना इजरायली बन्धकलाई रिहा  गर्‍याे
    images

    प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

    रिहा भएका बन्धकहरूमा अलेक्जेन्डर ट्रुभनोभ, याएर होर्न र सागी डेकल–खेन रहेका छन् । उनीहरू सबै इजरायली नागरिक हुन् । यसको बदलामा इजरायलले विभिन्न जेलमा रहेका तीन सय ६० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई रेडक्रसकाे जिम्मा लगाएकाे छ ।

    रेडक्रसका कर्मचारीहरूले हमासका सदस्यहरूसँग बन्धकको रिहाइसँग सम्बन्धित कागजातहरूमा हस्ताक्षर गरेपछि बन्धकहरूलाई कारमा राखेर रिहाइ विन्दुमा ल्याइएको थियो । रिहाइअघि तीनै जनालाई हमासले खान युनिसको मञ्चमा खडा गराएको थियो । त्यसपछि बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो ।

    गएको जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौं पटकको बन्धक रिहा हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend