सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सञ्चालन

images
  • 93
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सञ्चालन
    images

    काठमाडौं 

    स्वास्थ्य र त्यसमा पनि विशेष रुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सनराइज बैंकले काठमाडौंको ओम बहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

    shibir-1536x1152.jpg

    सामान्यतय महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुनसक्ने र ठूलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन् ।

    तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको हो । सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउने सम्पुर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परीक्षण सेवासमेत दिइएको थियो ।

    बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथदिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुनसक्ने पाठेघर क्यान्सर, स्तनक्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ ।

    साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी रु १ लाखसम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend