यस्तो छ आजको मौसम

images
  • 153
    SHARES
  • फाल्गुण ४, २०८१ आइतबार
    यस्तो छ आजको मौसम
    images

    काठमाण्डौ –

    काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । हिजो देशभर मौसम बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपात भएका कारण चिसो बढेको हो । आजदेखि मौसममा सुधार हुने र चिसो कम हुँदै जाने मौसमविद् बिनु महर्जनले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पूर्वका हिमाली भेगमा आज पनि हल्का हिमपात र अरू ठाउँमा आंशिक बदली हुनेछ । तर हिजोजस्तो बदली नहुने उहाँको भनाइ छ । हिजो पश्चिमी भेगका केही ठाउँमा छिटपुट वर्षा र सबैजसो हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैबीच आउँदो बिहीवारदेखि अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेको जलवायु विपद विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीवार र शुक्रवार देशका केही ठाउँमा मध्ययम खालको वर्षाको सम्भावना समेत छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend