सुनचाँदीको मूल्य घट्यो

images
  • 150
    SHARES
  • फाल्गुण ४, २०८१ आइतबार
    सुनचाँदीको मूल्य घट्यो
    images

    काठमाडौँ ।

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend