माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका युवकको शव भेटियाे

images
  • 193
    SHARES
  • फाल्गुण ४, २०८१ आइतबार
    माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका युवकको शव भेटियाे
    images

    कालीकाेट –

    कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका युवकको शव भेटिएको छ ।

    हिजो माछा मार्ने क्रममा नदीमा हराएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आज दिउँसो फेला परेको प्रहरीले जनाएको छ । तिला नदीमा बेपत्ता भएका शाहीको जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरेका थिए ।

    २४ वर्षीय माछा मार्न थापेकाे झरेउला (पासो) निकाल्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए । शाही स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend