कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

images
  • 213
    SHARES
  • फाल्गुण ४, २०८१ आइतबार
    कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी
    images

    काठमाडौँ ।

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरूको विदेश पलायन रोक्नुपर्ने बताएका हुन् ।

    ‘नेपालमै काम लाग्ने वैज्ञानिकहरूलाई स्वदेशमै रहन सक्ने  वातावरण बनाउन जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न मैले सक्दो  प्रयास गरिरहेको छु ।

    मन्त्री अधिकारीले नार्कमा धेरै वर्षदेखि नसुल्झेको जटिलताहरू सुल्झिँदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए । वैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भइसकेको उनले उल्लेख गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend