शेयर बजार झन्डै ३० अङ्कले बढ्यो

images
  • 164
    SHARES
  • फाल्गुण ५, २०८१ सोमबार
    शेयर बजार झन्डै ३० अङ्कले बढ्यो
    images

    काठमाण्डाै 

    शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९.८७ अङ्कले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ ।

    आज फाइनान्स, जलविद्युत् र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, होटल, माइक्रोफाइनान्स र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी साना हाइड्रोपावर, एक्सेल विकास बैंक, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंकको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्ब ४७ करोडको शेयर कारोबार भएकोमा आज ३०२ वटा कम्पनीका १ करोड ८० लाख कित्ता शेयर १० अर्ब ४ करोड रुपैयाँमा किनबेच भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend