तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल माथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै देवघाट गाउँपालिका कर्मचारीद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भिर ध्यानाकर्षण गराएका छन्।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै कुटपिट गरेका थिए । उक्त घटनाको विरोध गर्दै गाउँपालिका कर्मचारीले यस्ता घटनामा एकजुट हुनुपर्ने बताएका छन् ।
‘घाइते हुनुभएका वडा सचिव नवीन भुसालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै,’ ‘नेपाल राष्ट्रसेवक कर्मचारीहरू अनवरत रुपमा कार्यसम्पादनको सिलसिलामा एकाध जनप्रतिनिधी तथा केही सेवाग्राहीहरूद्वारा हुने शारीरिक तथा मानसिक यातनाविरुद्ध हामी सबै एकजुट हुन जरुरी ठानेका छौं ।’संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।




