७ महिनामा पौने २ खर्ब सार्वजनिक ऋण थपियो, तिर्न बाँकी ऋण २६ खर्ब ११ अर्ब

images
  • 192
    SHARES
  • फाल्गुण ६, २०८१ मंगलबार
    ७ महिनामा पौने २ खर्ब सार्वजनिक ऋण थपियो, तिर्न बाँकी ऋण २६ खर्ब ११ अर्ब
    images

    काठमाण्डाै –

    चालू आर्थिक वर्षकाे ७ महिनामा पौने २ खर्ब रुपैयाँ सार्वजनिक ऋण बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण माघ मसान्तमा २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो । यो भनेको देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ७७ प्रतिशत हो ।

    एक दशकअघिसम्म देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा २२ प्रतिशत जति रहेकामा अहिले त्यो दोब्बर भइसकेको छ । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा नेपालको सार्वजनिक ऋणको आकार चिन्ताजनक स्थितिमा पुगिनसकेको अर्थविज्ञहरू बताउँछन् । सरकारको राजश्व आम्दानीका तुलनामा खर्च बढेपछि पछिल्ला वर्षहरूमा ऋण काढेर खर्च गर्ने प्रवृत्ति बढेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend