देवघाटमा दिप प्रज्वलन गरि मनाए ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

images
  • 208
    SHARES
  • फाल्गुण ७, २०८१ बुधबार
    देवघाटमा दिप प्रज्वलन गरि मनाए ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस
    images

     देवघाट फागुन ७

    देवघाटधाम जेसीज तथा लियो क्लव देवघाट चौतारीको संयुक्त आयोजनामा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देवघाटमा दिप प्रज्वलन गरि मनाइएको छ । (आज)बुधबार सम्पूर्ण शहिदहरुको सम्झनामा देवघाट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय परिसरमा दिप प्रज्वलन कार्यक्रम गरि मनाइएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसिजका मानार्थ सदस्य तिल बहादुर थापा, विशिष्ट अतिथि देवघाट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अध्यक्ष दिनेश सारु र देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवर रहनुभएको थियो । कार्यक्रममा देवघाट गाउँपालिका वडा नं ५ का वडा सदस्य यम बहादुर मगर ,देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, लेखा अधिकृत सरद न्यौपाने , इन्जिनियर तृथराज ढुङ्गाना, लेखापाल सञ्जय शर्मा,देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी रघु मल्ल लगायत अन्य कर्मचारीहरुको साथै देवघाटधाम जेसीज तथा लियो क्लब अफ देवघाट चौतारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    देवघाटधाम जेसिज वर्ष २०२५ की तालिम आयुक्त तथा लियो क्लब अफ देवघाट चौतारीकी अध्यक्ष स्वस्तिका धितालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तील बहादुर थापाले राष्ट्रिय प्रजतन्त्र दिवस २०८१ को शुभकामना व्यक्त गर्नुभएको थियो । साथै थापाले वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । देवघाटधाम जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष ढकालले वीर सहिदहरूको त्याग तपस्या र बलिदानले गर्दा नै प्रजातन्त्र , लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भई हामीले स्वतन्त्रतापूर्वक बोल्न पाएका छौं र आफ्ना विचारहरू राख्न पाएका छौं भन्ने धारणा राख्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend