आजको मौसम कस्तो रहला ?

images
  • 166
    SHARES
  • फाल्गुण ८, २०८१ बिहीबार
    आजको मौसम कस्तो रहला ?
    images

    काठमाण्डौ –

    आज र भोलि देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले निकालेको मौसमी बुलेटिनमा उल्लेख छ ।

    यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसमेत पर्न सक्ने महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend