लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने

images
  • 256
    SHARES
  • फाल्गुण ८, २०८१ बिहीबार
    लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि म्यानमारसँग खेल्ने
    images

    काठमाण्डौ -

    लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायाे । नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् ।

    प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो । नेपालले पहिलाे खेलमा किर्गिस्तानलाई १–० गाेलले हराएकाे थियाे ।

    अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।

    आजै भएकाे खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गाेलले हराउँदै लगातार दाेस्राे जीत हासिल गरेकाे हो । म्यानमारले पहिलाे खेलमा लेबनानलाई ३–१ गोलले हराएकाे थियाे ।

    अब समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend