मेलमिलाप कर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम

images
  • 239
    SHARES
  • फाल्गुण ८, २०८१ बिहीबार
    मेलमिलाप कर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम
    images
    देवघाट:
    “समुन्नत देवघाटको आधार, धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार"भन्ने मुलनारालाई आत्मसात गर्दै देवघाट गाउँपालिका न्यायिक समिति तनहुँको आयोज तथा संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र, चितवन सहजीकरणमा देवघाट-५, गर्ग आश्रममा आज मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम आजबाट सुरु भएको छ।
    480458899_610929738240311_4441918811018269646_n.jpg
    सो पुनर्ताजगी तालिम फाल्गुण ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने छ।
    कार्यक्रम प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगर,विशिष्ट अतिथि गोराख नगरपालिकाका उप मेयर मसलीमाया थोकर,विशिष्ट अतिथि देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सरुमगर,न्यायक समिती देवघाटका सदस्य कमला गुरुङ र यमबहादुर मगर लगायत ५ वटा वडाकै करिब १ सय जना मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो।
    481203107_610929031573715_1519315016465268344_n.jpg
    सहभागी प्रशिक्षार्थीहरुलाई संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र, चितवन प्रशिक्षक कृष्ण थपलिया प्रशिक्षण दिनुभएको थियो।सो कार्यक्रम न्यायीक समिती देवघाटका संयोजक एवं देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङको अध्यक्षता भएको थियो,भने देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend