राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै

images
  • 175
    SHARES
  • फाल्गुण ९, २०८१ शुक्रबार
    राप्रपाको बृहत भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै
    images

    काठमाडौं । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरु हुँदै छ ।

    पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत् भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

    राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार आज पहिलो दिन बृहत् भण्डाफोर कार्यक्रम पोखराबाट सुरु हुँदै छ ।

    उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend