प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दललाई ध्यानाकर्षण

images
  • 94
    SHARES
  • फाल्गुण ९, २०८१ शुक्रबार
    प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दललाई ध्यानाकर्षण
    images

    काठमाडौ ।

    प्रहरीसम्बन्धी विधेयकका विभिन्न प्रावधानप्रति असन्तुष्टि जनाउँदै त्यसलाई सच्याउन राजनीतिक दलहरूमाथि दबाब पर्दै गएको छ ।

    नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएसँगै नेपााल प्रहरीका उच्च अधिकारीहरू भित्री रूपमा असन्तुष्टि रहेको बेला सत्ता तथा विपक्षी दललाई त्यस विषयमा ध्यानाकर्षण जनाउन पूर्वप्रहरी महानिरीक्षक तथा उच्च अधिकृतहरूले सक्रियता बढाएका छन् ।

    यसअघि पूर्वप्रहरी महानिरीक्षकहरूको टोलीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर विधेयकका कतिपय प्रावधानले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप निम्त्याउने, संस्थागत गरिमालाई समाप्त पार्ने भन्दै त्यस विषयमा ध्यानाकर्षण गराइसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend