१६ वर्षीया किशोरी बलात्कृत मुस्ताङमा

images
  • 104
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    १६ वर्षीया किशोरी बलात्कृत मुस्ताङमा
    images

    काठमाडौं

    ३१ जेठ । मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

    rape.jpg

    ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    ती किशोरीलाई सोही गाउँपालिका–३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend