देवघाट फागुन १०
“समुन्नत देवघाटको आधार,धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार"भन्ने मुलनारालाई आत्मसात गर्दै देवघाट गाउँपालिका न्यायिक समिति तनहुँको आयोज तथा संवाद सहजीकरण तथा मेलमिलाप केन्द्र चितवनको सहजीकरणमा देवघाट-५ स्थित गर्गा आश्रममा तिनदिने मेलमिलापकर्ताहरूको लागि मेलमिलाप सम्बन्धी तिनदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । गत बिहिवारबाट सञ्चालन भएको सो तालिम आज सम्पन्न भएको हो ।

सो कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको थियोे । भने तालिममा बन्दुराज पौडेल र कबिता अधिकारीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले आफ्नो भनाइ राख्दै मेलमिलापकर्ताहरूको लागि पालिकाले बजेट छुट्याइएर हरेक वर्ष तालिम दिदै आइरहेको बताउनुभयो । उनले भन्नुभयो समाजमा विभिन्न किसिमको झैझगडा उत्पन्न हुन्छ ती सबलाई मेलमिलापको माध्यमबाट मिलाएर राख्नुपर्ने भएको हुदाँ यो तालिम महत्त्व रहेको बताउदैँ तालिममा सिकेका कुराहरूलाई व्यबहारमा मनन गर्दै आफ्नो समाजमा उत्पन्न हुने समस्याहरूलाई मिलाएर राख्न अनुरोध गर्नुभएको थियोे ।

न्यायीक समिती देवघाटका सदस्य एवं वडा नम्बर-५ का वडासदस्य याम बहादुर मगरको अध्यक्षतामा भएको सो कार्यक्रम देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्ण पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। न्यायक समिती देवघाटका सदस्य कमला गुरुङ लगायत ५ वटा वडाकै मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो।





