स्पेनिस ला लिगा : बार्सिलोनाले लास पल्मासलाई २-० ले हरायो

images
  • 170
    SHARES
  • फाल्गुण ११, २०८१ आइतबार
    स्पेनिस ला लिगा : बार्सिलोनाले लास पल्मासलाई २-० ले हरायो
    images

    काठमाडौं । 

    स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २-० ले हराएको छ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन्। अल्मोको नोभेम्बर यता बार्सिलोनाका लागि पहिलो गोल हो।

    शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३-० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १-० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १-० को जित निकालेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend