बागलुङको ढोरपाटनमा यस वर्षकै पहिलोपटक हिमपात

images
  • 211
    SHARES
  • फाल्गुण १२, २०८१ सोमबार
    बागलुङको ढोरपाटनमा यस वर्षकै पहिलोपटक हिमपात
    images

    बागलुङ ।

    बागलुङको ढोरपाटन क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो। 

    हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ। हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्। 

    हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए। हिमपातका कारण चिसो बढ्दा जनजीवन भने कष्टकर भएको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझदेखि मात्रै वर्षासहित हिमपात भएको विकले बताए।

    हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए। गत महिना यहाँ सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन। वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने विश्वास गरिन्छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend