क्होइबो निर्माणाको लागि भारतीय नागरिक अरूण सैनिद्वारा १ लाख १२ हजार सहयोग

images
  • 333
    SHARES
  • फाल्गुण १२, २०८१ सोमबार
    क्होइबो निर्माणाको लागि भारतीय नागरिक अरूण सैनिद्वारा १ लाख १२ हजार सहयोग
    images

    देवघाट फागुन १२

    तमूहरुको मौलिक धर्म,भाषा,संस्कार र संस्कृतिको संरक्षण,प्रबर्द्धन र सम्बर्द्धनको लागि खोलिएको तमु प्ये ल्हु संघ चितवनले तमूहरूको आस्था र विश्वासको धरोहर क्होइबो धीँ निर्माणार्थ जमिन खरिदको लागि आर्थिक संकलन अभियानमा तमु प्ये ल्हु संघ चितवन अगाडि बढिरहेको छ ।

    सोही अभियानकै क्रममा तमु प्ये ल्हु संघ चितवनलाई भारतीय नागरिक हाल कर्मथलो (दुबई) निवासी अरूणसैनिले क्होइबो धीँ निर्माणाको लागि १ लाख, १२ हजार, १ सय पन्ध्र रूपैयाँ रकम सहयोग गर्नुभएको छ । अभियानलाई स-गौरव सफल पार्नको लागि संस्थाका जिन्सी संयोजक दान बहादुर तेल्मे गुरुङको छोरा पुरन तेल्मे गुरुङले आफ्नो भारतीय साथीलाई आग्रह गरि सो रकम संकलन गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम चुम्रु तमूले बताउनुभयो । सो रकम सोमबार भरतपुर स्थित पाते ढिलो रिसोर्ट सेन्टरमा एक कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष बिक्रम चम्रु तमूलाई हस्तान्तरण गरिएको हो ।

    तमू प्ये ल्हु संघ चितवन विगत ३/४ महिना देखि यस अभियानमा अगाडि बढिरहेको छ र २ करोड लागत परियोजनाको अभियानमा अगाडि बढ्दै गर्दा हाल सम्ममा संघले ३५ लाख भन्दा बढी रकम संकलन गरिसकेको अध्यक्ष तमूले जानकारी दिनुभयो । सो कार्यक्रममा तमू प्येलु संघ केन्द्रीय समितिका उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख तुलाराम टु क्येप्रि,केन्द्रीय सल्लाहकार जगत बहादुर टु क्लेप्रि र कार्यसमितिका पदाधिकारीहरूको सहभागीता रहेको थियोे । उक्त कार्यक्रम संस्थाका अध्यक्ष अध्यक्ष बिक्रम चम्रु तमूको अध्यक्षतामा भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend