श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

images
  • 190
    SHARES
  • फाल्गुण १३, २०८१ मंगलबार
    श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
    images

    काठमाण्डौ 

    नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान पुनःअनुरोध गरेको छ ।

    कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत देशमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो ।

    अनलाइन स्क्यामिङ काममा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ ।

    दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नजान अनुरोध गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend