नवलपरासी पश्चिममा दुई समूहबीच झडप

images
  • 315
    SHARES
  • फाल्गुण १३, २०८१ मंगलबार
    नवलपरासी पश्चिममा दुई समूहबीच झडप
    images

    काठमाण्डाै 

    नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ ।

    केही महिनाअघि गाउँकै युवा र युवतीबीच भागी विवाह भएको र विवाद बल्झिएपछि दुई समूहबीच तनाव बढेको प्रहरीको भनाइ छ । आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय बासिन्दासहित झन्डै १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर आज बिहान तनावको अवस्था बनेको प्रहरीको भनाइ छ । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । प्रहरीको गाडीमा समेत आगजनी भएको छ । अवस्थालाई सामान्य बनाउन रुपन्देहीबाट थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार ५० जनाको प्रहरी टोली पठाइएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा यो घटना तथा पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पटक पटक झडप हुँदै आएकोतर्फ सांसद अमरेशकुमार सिंहले भीड देख्नेबित्तिकै गोली चलाउने प्रवृत्ति रोकिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend