बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु: पुष्पकमल दाहाल प्रचण्ड

images
  • 115
    SHARES
  • फाल्गुण १४, २०८१ बुधबार
    बालेन र हर्क साम्पाङलाई आफ्नै मान्छे ठान्छु: पुष्पकमल दाहाल प्रचण्ड
    images

    काठमाडौं, फागुन १४-

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन र हर्क साम्पाङलाई लोकतन्त्रको फूलबारीको फूल भनिसकेकाले आफ्नै ठान्ने बताएका छन् ।

    विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा हर्क साम्पाङजस्ता मान्छे जितेर गए के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘के फरक पर्छ र ? हर्क साम्पाङ आए पनि केही फरक पर्दैन । बालेन आएपनि केही फरक पर्दैन ।

    अरु आएपनि केही फरक पर्दैन । मैले न उनीहरूलाई लोकतन्त्रका फूलबारीको फूल भनिनैसकेको छु । म त्यहाँबाट दायाँबायाँ छैन । त्यसैले उनीहरूलाई त मैले आफ्नै मान्छे ठान्छु ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend