एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो सुनको भाउ

images
  • 167
    SHARES
  • फाल्गुण १६, २०८१ शुक्रबार
    एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो सुनको भाउ
    images

    काठमाण्डौ 

    सुनको भाउमा आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । गएको मङ्गलवार फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend