देवघाट ब्याडमिन्टन संघको दोस्रो वार्षिकोत्सबको अवसरमा गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

images
  • 399
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    देवघाट ब्याडमिन्टन संघको दोस्रो वार्षिकोत्सबको अवसरमा गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
    images

    देवघाट तनहुँ:२०७९ जेठ ३१ गते

    अञ्जली बोटे

    तनहुँको देवघाट गाउँपालिका वडा ५ धर्मार्थ अस्पतालको प्राङ्गणमा "स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद" भन्ने मुल नारा लाई आत्मसात गर्दै देवघाट ब्याडमिन्टन संघको दोस्रो वार्षिकोत्सबको अवसरमा गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।

    287813253_711931216755695_9188230288205945431_n.jpg

    प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रमको समुद् घाटन गर्दै खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताउदै दुव्यसनी कुलतमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्‍याउन सकिने उहाँले बताउनुभयो। साथै उहाँले शिक्षा,स्वास्थ्य,खेलकुद बिकासको निम्ति जनसमुदायको भावनालाई बुझेर दिगो रुपमा बिकास गर्ने प्रतिबद्धता समेत गर्नुभयो।

    287139057_429880752321974_4626728470178832960_n.jpg

    कार्यक्रममा बिशिस्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिंङ्ग गुरुङले देवघाट गाउँपालिकामा खेलकुद बिकासको निम्ति देवघाट गाउँपालिका भित्र रहेका ५ वटा वडामा नै खेलकुद मैदान प्राप्त नभएको बताउदै अब आगामी दिनहरुमा गाउँपालिका स्तरीय खेलग्राम वडा स्तरीय खेलग्रामको लागी स्थानीय तह गाउँपालिका,प्रदेश र केन्द्र सरकार संग बजेट माग गरी खेलकुद क्षेत्रलाई अगाडी बढाउने बताउनु भयो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले खेल प्रेमी खेलाडी साथीहरूको राय,सल्लाह सुझाव लिएर खेलकुद क्षेत्रको बिकास गर्ने बताउनुभयो।

    287028583_934541604189578_8031496030333019408_n.jpg

    सो वार्षिकोत्सब कार्यक्रममा देवघाट ब्याडमिन्टन संघ लाई देवघाटका समाजसेवी ब्याक्ती महेश भट्टराईले खेल सामाग्री हस्तान्तरण गरिएको थियो।साथै ब्याडमिन्टन संघ उपाध्यक्ष बल बहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो भने गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्र,संघ कोषाध्यक्ष सुर्य बहादुर घर्ती र संघका संरक्षक चन्द्र प्रकाश दवाडीद्वारा मायाको चिनो प्रदान गरिएको थियो।

    287018335_344214944454484_8307572156946209884_n.jpg

    कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य बुद्धि बहादुर पाण्डे,याम बहादुर मगर र कमला गुरुङ,देवघाट ५ नम्बरका पुर्व वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाट खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष शालिकराम मिश्र,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुक बहादुर गुरुङ,देवघाट ब्याडमिन्टन संघका सल्लाहकार नर बहादुर घर्ती र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मी बिष्णु कमली लगाएतको उपस्थिति रहेको थियो।

    287043628_3221583764837067_4549549357815261559_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend