नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

images
  • 251
    SHARES
  • फाल्गुण १६, २०८१ शुक्रबार
    नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
    images

    काठमाण्डाै 

    नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

    स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँ केही दिनदेखि त्यहाँ उपचाररत हुनुहुन्थ्यो । सर्वाेच्च अदालतमा पुग्ने श्रेष्ठ दोस्रो महिला न्यायाधीश हुनुहुन्थ्यो । सर्वाेच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहनुभयो । उहाँ अधिकृतदेखि नै न्याय क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो ।

    श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जानकारी दिइएको छ । उहाँका दुई छोरा हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend