गाडी दुर्घटनामा ९ जना घाइते

images
  • 414
    SHARES
  • फाल्गुण १७, २०८१ शनिबार
    गाडी दुर्घटनामा ९ जना घाइते
    images

    काठमाडौं ।

    झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

    घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।घाइतेमध्ये सबै सात यात्रुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको उनले बताए ।

    इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईका अनुसार मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend