चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु

images
  • 94
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    चितुवाको आक्रमणबाट तनहुँमा बालकको मृत्यु
    images

    तनहुँ 

     तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मङ्गलवार दिउँसो ४ बजे चितुवाको आक्रमणमा परी बन्दिपुर १ बोडी स्वाँराका ५ वर्षीय सुप्रिम बगालेको मृत्यु भएको हो ।

    287671191_3212627928996657_1274262595516972807_n.jpg

    प्रेम बगालेका छोरा सुप्रिमलाई घरमै आएर चितुवाले आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    ‘आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको हो । घरभन्दा दुई सय मिटर माथि छापेली सामुदायिक वनमा बालकको शव भेटिएको छ’, उहाँले भन्नुभयो । आधा घण्टापछि बालकको शव भेटिएको हो ।

    सो क्षेत्रमा शनिबार राती र आइतबार बिहान पनि चितुवाको आक्रमण परी दुई जना घाइते भएका थिए । जिल्लामा सुप्रिम सहित पछिल्लो चार वर्षको अवधिमा १२ बालबालिकाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend