१४औं सन्तानका पिता बने एलन मस्क

images
  • 303
    SHARES
  • फाल्गुण १८, २०८१ आइतबार
    १४औं सन्तानका पिता बने एलन मस्क
    images

    काठमाडौं, फागुन १८

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीसमेत रहेका विश्वका एक नम्बर धनाढ्य व्यक्ति एलन मस्कले १४ औं सन्तानको पिता बनेका छन् । पत्नी सिभोन जिलिसबाट उनलाई हालै पुत्रलाभ भएको छ ।

    क्यानेडाली नागरिक तथा मस्कको कम्पनी न्यूरोलिंककी निर्देशक ३९ वर्षीया जिलिसले ट्विटर (एक्स)बाटै आफूहरुको पछिल्लो उपलब्धी सार्वजनिक गरेकी हुन् । उनले लेखेको पोस्टमा मस्कले रिप्लाइ गर्दै लभ इमोजी राखेका छन् । मस्क र जिलिसको यो चौथो सन्तान र दोस्रो छोरा हो । नवजात बच्चाको नाम सेल्डन लिकर्गुस राखिएको छ । बच्चाको जन्म कहिले भएको हो भन्ने जिलिसले खुलाएकी छैनन् ।

    टेस्ला, एक्स तथा अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कका चार महिलाबाट १४ सन्तान छन् । पेज सिक्समा प्रकाशन भएको समाचारअनुसार मस्ककी पहिलो श्रीमती जस्टिन विल्सनबाट ६, पूर्वपे्रमिका ग्रिम्सबाट ३, जिलिसबाट ४ र लेखक एस्ली सेन्ट क्लेयरबाट एक सन्तान भएका छन् ।

    सन् २०२१ को नोभेम्बरमा मस्क र जिलिसले आफूहरुलाई जुम्ल्याहा सन्तान प्राप्त भएको खुलासा गरेका थिए । त्यसको दुई सातापछि मात्रै मस्कले म्युजिसियन प्रेमिका ग्रीम्सबाट छोरी जन्माए । सरोगेट विधिबाट उनीहरुलाई पुत्रीलाभ भएको थियो । त्यसको तीन बर्षपछि २८ फेब्रुअरि २०२४ मा जिलिसबाटै तेस्रो सन्तानका रूपमा अर्की छोरी अर्काडिया जन्मिइन् । उनको पहिलो जन्मदिन मनाएलगत्तै जिलिसाले चौंथो सन्तान जन्माएकी हुन् ।

    अझ रोचक के छ भने मस्क १३ औं सन्तानको बाबु बनेको ६ महिना पनि भएको छैन । लेखक पार्टनर एस्ली सेन्ट क्लेयरले गत फेबु्रअरी १४ मा मस्कसँगको सहकार्यमा पाँच महिना अगाडि आफूहरुले १३ औं सन्तान उत्पादन गरेको जानकारी एक्सबाट दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘पाँच महिना अगाडि मैले नयाँ बच्चालाई संसारमा स्वागत गरे । उसको पिता एलन मस्क हो । मैले हाम्रो बच्चाको गोपनियता र सुरक्षाका खातिर यो खबर सार्वजनिक गरेको थिइनँ ।’

    सेन्ट क्लेयरका प्रतिनिधि ब्रायन ग्लीकलीचले एक्समा १५ फेबु्रुअरमा पोस्ट गर्दै लेखेका थिए, ‘एस्ले र एलनले केही समयदेखि बच्चा हुर्काउनका लागि आपसी सम्झौतामा काम गरिरहेका छन् । हामी एलनले एस्लेसितको सम्वन्ध र सन्तानप्राप्तिको सार्वजनिक स्वीकारोक्ति गर्ने प्रतिक्षामा छौं ।’

    फेबु्रअरी २८ मा एक अदालतले मस्कलाई बच्चाको कस्टडीका विषयमा सुनवाइ गर्न मे २९ मा बोलाएको छ । मस्कलाई सन् २००२ मा पहिलो पत्नी जस्टिन विल्सनबाट पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको थियो । तर, १० वर्षकै उमेरमा उनीहरुले छोरा गुमाउनुपर्यो । त्यसपछि उनीहरुले थप पाँच सन्तान जन्माए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend