नेपाल विद्युत् प्राधिकरणले पम्प स्टोरेज आयोजना अघि बढाउने

images
  • 266
    SHARES
  • फाल्गुण १८, २०८१ आइतबार
    नेपाल विद्युत् प्राधिकरणले पम्प स्टोरेज आयोजना अघि बढाउने
    images

    काठमाण्डौ 

    नेपाल विद्युत् प्राधिकरणले बिजुलीको मागमा हुने उतारचढावलाई सम्बोधन गर्न पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथामिकता दिने भएको छ ।

    वर्षायाममा बिजुली धेरै हुने र हिउँदमा अभाव हुने समस्याको समाधानका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनालाई प्राथामिकता दिन लागेको प्राधिकरणले जनाएको छ ।

    पम्प स्टोरेज आयोजनामा तलको पानी तानेर माथिल्लो जलाशयमा भण्डारण गरी बिजुलीको माग उच्च भएको बेला प्रयोग गरिन्छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी एक सय ५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको छ । त्यसमध्ये ४२ हजार मेगावाट क्षमताका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरेको प्राधिकरणले जनाएको छ ।

    रुकुम (पश्चिम)मा रहेको स्यार्पु तालमा तीन सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि दुई सय मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।

    धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा झन्डै एक हजार पाँच सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने प्राधिकरणले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend