आज स्ववियु चुनाव प्रक्रिया शुरू

images
  • 229
    SHARES
  • फाल्गुण १९, २०८१ सोमबार
    आज स्ववियु चुनाव प्रक्रिया शुरू
    images

    काठमाण्डौ 

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्ववियु चुनावको प्रक्रिया आजदेखि शुरू भएको छ । तालिका अनुसार चुनाव हुने क्याम्पसहरूमा आज सङ्घ–सङ्गठन, समूह दर्ता गर्ने कार्यक्रम छ ।

    त्यसका लागि सङ्घ–सङ्गठन, समूहको लेटरप्याडमा निवेदन पेश गर्नुपर्नेछ । आउँदो चैत ५ गते हुने मतदानका लागि देशभरका क्याम्पसहरूमा आज दिउँसो ३ बजेसम्म सङ्घ–सङ्गठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि पर्सि फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ गते मतदाता सूचीमा दाबी विरोध गर्ने र त्यही दिन दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

    यस्तै फागुन २५ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गतेका लागि तोकिएको छ । यही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

    यसैबीच नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले स्ववियु चुनावको तयारीका लागि १४ समिति गठन गरेको छ । स्ववियु चुनावमा सहभागितालाई थप प्रभावकारी बनाउन समितिहरू गठन गरिएको सङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend