नेप्से २९ सय विन्दु पुगेर फर्कियो, १४ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार

images
  • 236
    SHARES
  • फाल्गुण १९, २०८१ सोमबार
    नेप्से २९ सय विन्दु पुगेर फर्कियो, १४ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार
    images

    काठमाण्डाै 

    हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ ।

    आज बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ काराेबार दिनपछि आज घटेकाे हाे । आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend