गणेश पाण्डेद्वारा सम्पादित‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

images
  • 252
    SHARES
  • फाल्गुण १९, २०८१ सोमबार
    गणेश पाण्डेद्वारा सम्पादित‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण
    images

    काठमाण्डाै 

    पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लाेकार्पण भएकाे छ । काठमाण्डाैमा आज आयाेजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तककाे लोकार्पण गर्नुभएको हाे ।

    प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि देशको समृद्धिका लागि देखाउनुभएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । यो पुस्तक अल्केमी प्रकाशनले निकालेको हो ।

    कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभयो । उहाँले कम्युनिस्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको भन्दै फेरि पनि एकताबद्धको प्रयास गर्न सुझाव दिनुभएको हो ।

    पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै देशको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक भएको दाबी गर्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend