१५ लाख बढी मूल्यबराबरको सामान चितवन प्रहरीको नियन्त्रणमा

images
  • 476
    SHARES
  • फाल्गुण १९, २०८१ सोमबार
    १५ लाख बढी मूल्यबराबरको सामान चितवन प्रहरीको नियन्त्रणमा
    images

     भरतपुर ।

    जिल्ला प्रहरी कार्यालय चितवनले अवैधरूपमा भित्रिएको सामान बरामद गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी जाँच गर्ने क्रममा भेटिएका १५ लाख ३८ हजार १०९ रूपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो।858bc156-490b-44a4-9799-2cd48b07bfa3.jpg

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रवीन्द्र खनालका अनुसार सवारी जाँचका क्रममा बिल बिजक नभएका अवैधरुपमा भन्सार छली चोरी/पैठारी गरेर ल्याएका सामान बरामद गरिएको हो। खजुर ६७२ केजी, सर्वत जुस २५२ बोतल, कस्मेटिक सामान ३२९ थान, कपडाको पछ्यौरा ३६५ थान, विभिन्न कम्पनीका मोवाइल सेट ४४ थान, सुर्ति तीन बोरा (७५ केजी) र बिँडी दुई बोरा (दुई सय प्याकेट) बरामद गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend