सिन्धुलीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

images
  • 498
    SHARES
  • फाल्गुण १९, २०८१ सोमबार
    सिन्धुलीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
    images

    सिन्धुली ।

    दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गए राति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गए राति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् । सो घटनाबारे आज बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको हो ।

    घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend