नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पताल विराटनगरका रेडियोग्राफर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

images
  • 363
    SHARES
  • फाल्गुण २०, २०८१ मंगलबार
    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पताल विराटनगरका रेडियोग्राफर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा
    images

    काठमाडौँ ।

    शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    चौधरीको बीएससी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा चौधरीले भारतको राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटकबाट जारी भएको बीएससी एमआईटी सर्टिफिकेटको झुटो शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको देखिएको प्रवक्ता घिमिरेले बताए ।

    चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग उजुरीमा गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend