नयाँ बजेट निर्माणका लागि अर्थले थाल्यो मन्त्रालयगत छलफल

images
  • 337
    SHARES
  • फाल्गुण २१, २०८१ बुधबार
    नयाँ बजेट निर्माणका लागि अर्थले थाल्यो मन्त्रालयगत छलफल
    images

    काठमाण्डाै –

    अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि मन्त्रालयगत छलफल शुरू गरेको छ । मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरूसँग परामर्श गर्दै छलफल थालेको हो ।

    छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने दाबी गर्नुभएको छ । यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने उहाँको भनाइ छ ।

    अर्थमन्त्री पौडेले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताउनुभयाे । विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आउँदाे आर्थिक वर्षको बजेट बनाउने बताउनुभयो । उहाँले बैठकमा १६ बुँदे सुझाव दिनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend