‘अहिले गाउँवस्ती रित्तो हुनुको प्रमुख कारण माओवादीको जनयुद्ध हो’ : मन्त्री पृथ्वीसुब्बा गुरुङ

images
  • 345
    SHARES
  • फाल्गुण २१, २०८१ बुधबार
    ‘अहिले गाउँवस्ती रित्तो हुनुको प्रमुख कारण माओवादीको जनयुद्ध हो’ : मन्त्री पृथ्वीसुब्बा गुरुङ
    images

    काठमाडौं :

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीको जनयुद्ध कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको मात्रै भएको बताएका छन्। २६ औं यदु स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले जनयुद्ध कहिले पनि देशको हितमा नरहेको  बताएका हुन्। 

    जनयुद्धका कारण खरवौंको क्षति भएको र अहिले गाउँ रित्तो हुनुको प्रमुख कारण जनयुद्ध रहेको उनको भनाई छ। मन्त्री गुरुङले बुलेटबाट नभइ व्यालेटबाट राजतन्त्रको अन्त्य भएको र मुलुकमा परिवर्तन  सम्भव भएको धारणा राखे।

    शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्भव भएकाले माओवादीको जनयुद्ध गलत थियो भन्ने पुष्टि भएको उनको भनाई छ। गुरुङले माओवादीले जनयुद्ध बेचेर खाइसकेको भन्दै हिंसा भन्ने शब्दबाट डराएर भागेको तर्क गरे।

    उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नभइ समाजमा देखिएको अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको दाबी गरे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend