राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाले निकाल्यो विशाल मोटरसाइकल र्‍याली

images
  • 319
    SHARES
  • फाल्गुण २१, २०८१ बुधबार
    राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाले निकाल्यो विशाल मोटरसाइकल र्‍याली
    images

    काठमाडौँ ।

    राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्‍यालीको नेतृत्व गरेका छन् ।

    राप्रपाले राजसंस्था पुनः स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली आयोजना गरेको हो । 

    बबरमहलबाट निस्किएको र्‍याली दरबारमार्ग पुगेको छ । नारायणहिटी दरबारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।

    अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैँले चलाएर दरबारमार्ग पुगेका थिए । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । र्‍यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend