बाँदर धपाउन दाेलखाकाे मेलुङ गाउँपालिका–७ ले ड्राेन खरिद गर्‍याे

images
  • 308
    SHARES
  • फाल्गुण २२, २०८१ बिहीबार
    बाँदर धपाउन दाेलखाकाे मेलुङ गाउँपालिका–७ ले ड्राेन खरिद गर्‍याे
    images

    काठमाण्डाै –

    दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर–७ ले बाँदर धपाउन ड्रोन खरिद गरेको छ । बाँदर धपाउन गरेको धेरै प्रयास असफल भएपछि वडा कार्यालयको तीन लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरेको वडाध्यक्ष नवराज खडकाले जानकारी दिनुभयो ।

    ड्रोन खरिद गरेर सञ्चालनका लागि सात जनालाई तालिम दिइरहेको उहाँले बताउनुभयो । बाँदरलाई तर्साएर धपाउन ड्रोनमार्फत बाघ र बन्दुकको आवाज निस्कने, कडा प्रकाश फ्याँक्ने तथा राति बाँदर, दुम्सी रहेका ठाउँमा साइरन बजाउने लगायतका १० थरी उपाय किसानलाई सिकाइने र स्थलगत अभ्यास गराउने वडा कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend