शेयर बजार आज पनि घट्याे

images
  • 288
    SHARES
  • फाल्गुण २२, २०८१ बिहीबार
    शेयर बजार आज पनि घट्याे
    images

    काठमाण्डाै –

    शेयर बजार लगातार चौथो दिन घटेको छ । यो हप्ताको आइतवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसयता घटिरहेको छ ।

    आज नेप्से २ दशमलव ७० अङ्कले घटेर २ हजार ८ सय १८ दशमलव ४३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ ।

    आज नबिल डिबेन्चर २०८२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend