सीतापुरमा क्होइबो धीँ निर्माण : शुक्रबार उद्घाटन गरिँदै

images
  • 572
    SHARES
  • फाल्गुण २२, २०८१ बिहीबार
    सीतापुरमा क्होइबो धीँ निर्माण : शुक्रबार उद्घाटन गरिँदै
    images

    भरतपुर । 

    प्ये छ्या क्होइबो तमू समाजले भरतपुर–२१ सीतापुरमा क्होइबो निर्माण गरेको छ । उक्त क्होइबोको शुक्रबार विधिवतरूपमा पूजापाठ गरी उद्घाटन गर्ने तयारी गरिएको छ । नवनिर्मित क्होइबो धीँको उद्घाटन पूर्व बिहीबारदेखि नै पूजापाठ सञ्चालन गरिएको कार्यक्रम संयोजक नारायण थिम्जे तमूले जानकारी दिए ।

    क्होइबो उद्घाटनको लागि पच्यु खेगीद्वारा छ्योपा त्हें (सृष्टि पूजा), क्ल्हेप्रीद्वारा पैल्हु त्हें (कूल पूजा), बोन लमद्वारा ह्योंखु त्हें (सह पूजा) सञ्चालन गरिएको उनले बताए । शुक्रबारको दिन भने बिहान १० बजेदेखि नै विविध सांस्कृतिक कार्यक्रमसहितको भव्य कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तमूले जानकारी दिए । कार्यक्रममा उपस्थित हुनका लागि विभिन्न समूहलाई मौलिक पोषाकसहित ब्यानर लिएर आउन आग्रह गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend