काठमणडौ –
दिपक मनाङे (राजीव गुरुङ) ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउ भनी गएको फागुन १२ मा निवेदन दिएका थिए । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख छ । उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
मिलन गुरूङ ‘चक्रे’ लाई हात छिन्ने गरी खुडा प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई पाँच वर्ष कैद सजायको फैसला भएको थियो ।



