नेपाल मगर संघ देवघाटको अध्यक्षमा खड्क पामीआले निर्विरोध निर्वाचित

images
  • 205
    SHARES
  • फाल्गुण २५, २०८१ आइतबार
    नेपाल मगर संघ देवघाटको अध्यक्षमा खड्क पामीआले निर्विरोध निर्वाचित
    images
     
    देवघाट
    नेपाल मगर संघ देवघाट गाउपालिकाको अध्यक्षमा खड्क बहादुर पामीआलेमगर निर्विरोध चयन हुनुभएको छ।
    सनिवार देवघाट गाउँपालिकाको सिटी हलमा सम्पन्न प्रथम अधिवेशनले पामीआलेमगरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
     
    जसको उपाध्यक्ष पदमा तिलबहादुर गर्जा मगर, सचिवमा मनबहादुर राना मगर, सह-सचिवमा विष्णुबहादुर थापा मगर र कोषाध्यक्षमा राममाया आले मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा पन्च बहादुर आले मगर, डिल बहादुर राना मगर, फुलमाया थापा मगर, देवीसरा राना मगर, कुमारी आले मगर, वोम बहादुर थापा मगर, इन्द्र बहादुर राना मगर, रमेश राना मगर , धन बहादुर मगर र रेख बहादुर मगर, चयन भएका छन।
     
    पदेन सदस्यमा भने गाउँपालिकाको पाँच वटा वडाको नेपाल मगर संघका वडा अध्यक्षहरु क्रमशःवडा १ बाट जुली सारु मगर,२ वडाका टेक बहादुर थापा मगर,वडा ३ का मोहन बहादुर थापा मगर,वडा ४ का राम वहादुर थापा मगर वडा ५ का खेम वहादुर राना मगर रहेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend