नेपाल मगर संघको प्रथम अधिवेशन सम्पन्न

images
  • 624
    SHARES
  • फाल्गुण २५, २०८१ आइतबार
    नेपाल मगर संघको प्रथम अधिवेशन सम्पन्न
    images
    देवघाट
    नेपाल मगर संघ देवघाट गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ।सो अधिवेशनबाट अध्यक्षमा खड्क बहादुर पामीआलेमगर निर्विरोध चयन हुनुभएको छ।सनिवार देवघाट गाउँपालिकाको सिटी हलमा सम्पन्न
    प्रथम अधिवेशनले पामीआलेमगरको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।475485274_622423933757558_4068950177964487350_n.jpg
     
    जसको उपाध्यक्ष पदमा तिलबहादुर गर्जा मगर, सचिवमा मनबहादुर राना मगर, सह-सचिवमा विष्णुबहादुर थापा मगर र कोषाध्यक्षमा राममाया आले मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा पन्च बहादुर आले मगर, डिल बहादुर राना मगर, फुलमाया थापा मगर, देवीसरा राना मगर, कुमारी आले मगर, वोम बहादुर थापा मगर, इन्द्र बहादुर राना मगर, रमेश राना मगर , धन बहादुर मगर र रेख बहादुर मगर, चयन भएका छन।
     
    475516515_622424273757524_4198432234341790813_n.jpg
    पदेन सदस्यमा भने गाउँपालिकाको पाँच वटा वडाको नेपाल मगर संघका वडा अध्यक्षहरु क्रमशःवडा १ बाट जुली सारु मगर,२ वडाका टेक बहादुर थापा मगर,वडा ३ का मोहन बहादुर थापा मगर,वडा ४ का राम वहादुर थापा मगर वडा ५ का खेम वहादुर राना मगर रहेका छन्।
    481206951_622422193757732_2229327449716871880_n.jpg
     
    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा,विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,नेपाल मगर संघ केन्द्रिय निर्वाचन विभाग संयोजक सिद्धान्त गर्जामगर,देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश सरुमगर,नेपाल मगर संघ गण्डकी प्रदेश प्रथम उपाध्यक्ष मनीराज थापामगर,नेपाल मगर संघ जिल्ला अध्यक्ष खड्क सिं थापामगर,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुवर,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट २ वडा अध्यक्ष मिनबहादुर रानामगर,देवघाट ३ वडा अध्यक्ष टेकबहादुर आलेमगर,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,नेपाल मगर संघ जिल्ला उपाध्यक्ष रिमा आलेमगर,हर्क बहादुर थापामगर,देवघाट ५ वडा सदस्य यमबहादुर मगर,कमला गुरुङ,बुद्धिबहादुर पाण्डे,देवघाट युवा खेलकुद बिकास समितीका अध्यक्ष अमर बहादुर फेवालीमगर,देवघाट ब्राह्मण समाजका अध्यक्ष दिव्य देव पौडेल,देवघाट तमु समाजका सचीव डिलबहादुर गुरुङ लगायतको उपस्थिति रहेकोे थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend